माओवादी लचिलो भए काँग्रेसले उम्मेदवारी फिर्ता लिनैपर्छ : उपप्रधानमन्त्री कोइराला

Read Time:2 Minute, 6 Second

काठमाडौँ, १५ कात्तिक 

उपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले एकीकृत नेकपा .माओवादी) लचिलो भए नेपाली काँग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिनैपर्ने  वताएकी छन् ।

    नेपाल भ्रमणमा रहेकी स्वीजरल्यान्डको संसद् नेसनल काउन्सिलका सभामुख पास्के बुडेरर वाइससबीच आज आफ्नो कार्यकक्षमा भएको भेटपछि पत्रकारसँग कुरा गर्दै उनले भनिन– ‘एमाओवादीले समस्या समाधानका लागि ‘प्याकेज’ मा कार्यक्रम ल्याए काँग्रेसले उम्मेद्वारी फिर्ता लिनैपर्छ, किनकि अब पनि सबै पक्ष नमिल्ने हो भने संविधान लेखन कार्यमा ढिलाइ हुन्छ ।’
    
    उपप्रधानमन्त्री कोइरालाले अहिले प्रजातन्त्रमाथि नै खतरा बढिरहेकाले सबै पक्ष नमिले देशमा ठूलो दुर्घटना हुने महसुस आफूलाई भएको र यो कुरा एमाओवादीले समेत थाहा पाइसकेको दाबी गरिन  ।

    काँग्रेसलगायत अन्य दलले आफ्ना पिता गिरिजाप्रसाद कोइरालाले शान्ति, संविधान र लोकतन्त्रका लागि देखाएको सहमति, एकता र सहकार्यको बाटो बिर्सिएको भन्दै उनले यसलाई सबै पक्षले आत्मसाथ गर्नुपर्नेमा जोड दिइन ।

    स्वीस सभामुखले मन्त्री कोइरालासँग शान्ति–प्रक्रिया, संविधानलेखन कार्य, प्रधानमन्त्री निर्वाचनलगायतका विषयमा चासो राख्नुभएको थियो ।

    उनको जिज्ञासामा पनि आफूले एमाओवादी लचिलो भए काँग्रेसले उम्मेद्वारी फिर्ता लिनेमा कुनै शङ्का नरहेको स्पष्ट पारेको मन्त्री कोइरालाले जानकारी दिइन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %