काठमाडौंँ, १५ कात्तिक । प्रधानमन्त्री माधवकुमार नेपाल र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ ।
भेटको अवसरमा उनीहरुबीच रिक्त संवैधानिक अङ्गका प्रमुखहरुको नियुक्तिबारे छलफल भएको छ ।
उनीहरुबीच बजेट तथा माओवादीका लडाकूहरुको समायोजन, व्यवस्थापन पुनःस्थापनाका लागि सेना समायोजन विशेष समितिलाई क्रियाशील तुल्याउनेलगायतका विषयमाथि पनि छलफल भएको थियो ।
ती समग्र विषयमा छलफल गर्न भोलि ३ बजे शीर्ष नेताहरुको बैठक बस्ने सहमति भएको छ ।
रासस