काठमाडौँ, १५ कात्तिक
सभामुख सुवास नेम्वाङ र स्वीट्जरल्याडको संसद् नेसनल काउन्सिलका सभामुख पास्कल ब्रडेरर वाइससबीच आज संविधानसभा भवन, नयाँ बानेश्वरमा शिष्टाचार भेटघाट भयो ।
सभामुख सुवास नेम्वाङको निमन्त्रणामा चारदिने नेपाल भ्रमणको सिलसिलामा हिजो यहाँ आउनुभएको सभामुख पास्कलले नेपालको संविधान निर्माणको प्रक्रियाको विषयमा विशेष चासो दिनुभएको भेटपछि सभामुख नेम्वाङले वताए ।
भेटमा दुई सभामुखबीच नेपाल र स्वीजरल्यान्डबीच सरकार र जनताबीच रहेको गहिरो तथा लामो सम्बन्धको निरन्तरताबारे पनि छलफल भएको थियो ।
उनीहरूबीच नेपालको शान्ति स्थापना र सरकार निर्माणको प्रक्रियाबारे पनि कुराकानी भएको सभामुख नेम्वाङले बताए ।
नेपाल र स्वीजरल्यान्डबीच आपसी सम्बन्ध र सहयोगको निरन्तरता जारी रहने विषयमा उहाँहरूबीच वार्ता भएको बताइएको छ ।
रासस