मोटरसाइकल ठोक्कियो, सैनिक मारिए

भद्रपुर, १३ कात्तिक 

झापाको चारआलीस्थित इन्द्रध्वज गणका एक सिपाहीको गएराति अनारमणि–३ मा सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।दाङ जिल्लाको तुलसीपुर बस्ने इन्द्रजित घर्तीमगरको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

 उनी मोटरसाइकलमा गइरहेको अवस्थामा मोटरसाइकल सडकको रेलिङमा ठोकिएपछि गम्भीर अवस्थामा घाइते भएपछि उपचारका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा  ल्याउँदै गर्दा  बाटोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %