‘मुलुकको आवश्यकता प्रधानमन्त्री होइन शान्ति र संविधान हो’: पोखरेल

Read Time:1 Minute, 21 Second

काठमाडौँ, १३ कात्तिक ।

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले शान्तिप्रक्रिया र संविधानलेखनको कार्य सम्पन्न गर्न दलीय सहमतिको विकल्प नरहेको बताएकाछन् ।  नेकपा (एमाले) ४ नं. वडा कमिटीले दीपावलीको पूर्वसन्ध्यामा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले शान्ति र संविधानका लागि दलहरु मिल्नुपर्नेमा जोड दिए  ।

सहमतिको आधारमा सरकार गठन गर्दा शान्ति र संविधानको मूल काम पूरा हुने भएकाले सबै पार्टीले ती कार्यलाई पहिलो प्राथमिकता दिनुपर्ने आवश्यकता उनले औँल्याए ।‘सहमतिको आधारमा जुनसुकै पार्टीको नेता प्रधानमन्त्री भए पनि एमालेलाई स्वीकार्य छ, मुलुकको आवश्यकता प्रधानमन्त्री चयन होइन, शान्ति र संविधान हो’ उनले भने । सबै पार्टीलाई एक ठाउँमा ल्याएर शान्ति र संविधानका लागि दबाब सिर्जना गर्न जनएकता आवश्यक भएको विचार महासचिव पोखरेलले व्यक्त गरे ।

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %