बसको ठक्करले बालिकाको मृत्यु

Read Time:1 Minute, 1 Second

म्याग्दी (बाबियाचौर), १३ कात्तिक

सदरमुकाम बेनीमा बसले ठक्कर दिँदा एकजना बालिकाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार ग १ ख २५८५ नम्बरको बसले ठक्कर दिँदा कुहुँ गाउँ विकास समिति–६ की दुई वर्षीया मुस्कान रम्जालीको मृत्यु भएको हो ।

    शुक्रबार साँझ बस पार्किङ गर्ने क्रममा बसको पछिल्लो भागले ठक्कर दिएपछि घाइते बनेकी बालिकालाई उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी निरीक्षक महेन्द्र बिकले बताए ।

    बालिकाको टाउकामा गम्भीर चोट लागेको थियो । बालिकालाई ठक्कर दिने बस र बसचालक धनबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %