महेन्दनगर, १३ कात्तिक
सशस्त्र प्रहरी बलका जवानले नेपाल प्रहरीका दुईजनालाई निर्घात कुटपिट गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी जवान दीपेन्द्र भण्डारी र वीरेन्द्र बोहोरालाई सशस्त्रका जवानले गएराति भकुरेका हुन् । कुटपिटबाट गम्भीर घाइते भएका भण्डारीको अत्तरियास्थित नर्सिङ होममा उपचार भइरहेको छ ।
रासस