गण्डकका ८ जिल्लाका पुन मगरले खाम भाषा सिके

Read Time:4 Minute, 15 Second

ढिलो गरि प्राप्त समाचार अनुसार, पुन समाज नेपाल केन्द्रिय समितीको आयोजनामा   पैतालिस दिने खाम भाषा प्रशिक्षण  पोखरामा सफलतापुर्वक  सम्पन्न  भएकोछ ।   १ भदौ देखि नदीपुरस्थित कर्पाकेली भवनमा सन्चालन भएको  प्रशिक्षण १५ असोजमा पुन समाज नेपालका केन्द्रिय अध्यक्ष क्याप्टेन केशर पुर्जा पुनको अध्यक्षता र केन्द्रिय सल्लाहकार मनवीर गर्वुजा पुनको प्रमुख आतिथ्यमा समापन गरिएको थियो । तालिमपछि प्रशिक्षार्थीहरुबीच गरिएको परिक्षामा सबैले राम्रो अंक ल्याई उत्तिर्ण गरेकाथिए । प्रशिक्षार्थीलाई पुनहरुको भाषा, संस्कृति र संस्कारको बारेमा  जानकारी पनि दिईएको थियो । असोज १४ गते पोखरा पुन युवा क्लबको  सौजन्यमा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई पोखराको विभिन्न रमाइला ठाउँहरु जस्तै ब्रिटिश गोर्खा संग्रहालय, शिव मन्दिर, अन्तरराष्ट्रिय पर्वतारोही संग्रहालय, कूल देवता थान, मनकामना स्कुल, मनिपाल अस्पताल आदि ठाउँहरुको भ्रमण गराईएको थियो ।
प्रशिक्षणमा पश्चिम चितवनकी मिनाक्षी पाइजा पुन प्रथम, दुलेगौंडा तनहूँकी भुमा पाइजा पुन द्वितीय, काफलडाडा गाउँ म्याग्दीकी चन्द्रकुमारी पाइजा पुन तृतीय, ढुङे पाटन कास्कीकी कमला पुर्जा पुन चौथो र पश्चिम चितवनकी रुपा गर्वुजा पुन पाँचौ हुदै पुरस्कृत भएका थिए  । पुन समाज नेपालका भाषा विभागका सदस्य  तुलवीर पुर्जाले प्रशिक्षणमा प्रथम हुने मिनाक्षी पाइजालाई नगद रु एक हजार पाँच सय, द्वितीय हुने भुमा पाइजालाइ रु एक हजार तथा तेश्रो हुने चन्द्रकुमारी पाइजा, चौथो हुने कमला पुर्जा र पाँचौ हुने रुपा गर्बुजालाइ जनही रु पाँच पाँच सय नगद, प्रमाण पत्र र उपहारबाट पुरस्कृत गरेकाथिए । ।
नगद पुरस्कारको सौजन्य युकेमा बसिरहेका  भोबी पुर्जाले गरेकाथिए ।  समापन कार्यक्रममा कान्छो प्रशिक्षार्थी कास्कीका अठार वर्षीय भविन पाइजा पुन र जेष्ठ सदस्य कास्कीकै साठी वर्षीय केशर पुनलाई पनि सम्मानित गरिएको थियो । प्रशिक्षार्थीहरुलाई खाम भाषा सम्बन्धी एउटा शब्दकोश पनि प्रदान गरिएको थियो । समापन कार्यक्रममा महासचिव खिमन पुन, केन्द्रिय कोषाध्यक्ष हर्कबहादुर पहरे पुन, केन्द्रिय सदस्य एवं भाषा विभाग सदस्य तुलवीर पुर्जा पुन, मेजर चन्द्रबहादुर पहरे पुन, प्रशिक्षक युवराज घर्ती, लेफ्टिनेन्ट खाका पुन, प्रशिक्षार्थीहरु कृष्ण चोचाङगी पुन, जनीमाया गर्वुजा पुन, यमकुमार गर्वुजा पुन, मिनाक्षी पाइजा पुन, भुमा पाइजा पुन, चन्द्रकुमारी पाइजा पुनलगायतले मातृभाषाको महत्वका बारेमा आफ्ना मन्तव्य व्यक्त गरेकाथिए ।
प्रशिक्षणमा कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, तनहूँ, चितवन, नवलपरासी, रुपन्देही जिल्लाका सत्ताइस प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

माया पुन बेलायतबाट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %