१२ कार्तिक, काठमाण्डु
हाइटीमा हैजा फैलाउनमा शान्ति मिसनमा त्यहाँ गएका नेपाली सेनाको हात रहेको भनि आएको समाचारमा सत्यता नभएको संयुक्त राष्टसंघको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेकोछ ।
नेपाली सेनाले गरेको दिशापिसाब बगेर हैजाका जिवाणु फैलिएको बताइएकोथियो । तर अध्ययनले त्यस क्षेत्रको परिक्षण गर्दा त्यस्तो नदेखिएको अध्ययनले बताएकोछ । अध्ययन भोलि सार्वजनिक हुदैंछ ।नेपाली सेनामाथि आरोप लागेपछि राष्टसंघले अनुसन्धान थालेकोथियो ।
हैजाले हाइटीमा ३०० जना मरिसकेकाछन् भने ३ हजार सक्रमित छन् ।
हाइटीमा नेपाली सेनाले हैजा फैलाएको हल्ला गलत : राष्टसंघ
Read Time:53 Second