समयमै पूर्ण वजेट नआए असफल राष्ट्र : पोखरेल

Read Time:1 Minute, 12 Second

काठमाडौँ, १२ कात्तिक 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले कात्तिक मसान्तसम्म पूर्ण बजेट आउन नसके मुलुक आर्थिक रुपले असफल राष्ट्र बन्ने वताएका छन् ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको बजेटसम्बन्धी साक्षात्कार कार्यक्रममा उपाध्यक्ष पोखरेलले दलबीच अनेकता बढ्दै गएको र एकले अर्काको अस्तित्वलाई स्वीकार गर्न नसकेकाले नै बजेट आउन ढिला भएको बताए ।

उनले मुलुकमा तीन खर्ब ३५ अर्ब रुपैयाँको बजेट आवश्यक पर्ने राय दिनुहुँदै बजेट जुनसुकै पार्टीले जसरी ल्याए पनि दलहरुबीच बेमेल हुन नहुने धारणा व्यक्त गरे ।

योजना आयोगका उपाध्यक्ष पोखरेलले भने‘
सरकार काम चलाउ हो, देश काम चलाउ होइन, मुलुक आर्थिकरुपमा असफल भए त्यसको जवाफ नेपालका प्रमुख दलहरुले दिनुपर्छ ।” रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %