सप्तरी, १२ कात्तिक
सप्तरीको रम्पुरा मल्हनियाँ गाविसमा आज बिहान भएको आगलागीमा रु १५ लाख बराबरको क्षति भएको छ ।
रम्पुरा मल्हनियाँ गाविस–४ निवासी देवनारायण यादवको गाईगोठमा लामखुट्टे धपाउन बालिएको आगो सल्केर भएको सो आगलागीमा स्थानीयवासीका १० वटा घर पूर्णरुपमा जलेर नष्ट हुँदा सो परिमाणको क्षति भएको हो ।
बिहान ७ बजे भएको उक्त आगलागीबारे थप विवरण आउन नसकेको प्रहरीले जनाएको छ । राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको अथक प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।
यसैगरी विद्युत चुहिएर आजै बिहान सप्तरीको कल्याणपुर–२ विसनपुरस्थित प्रभु साहको साह ट्रेडर्स सेन्टर नामक पेट्रोल पम्पमा आगलागी हुँदा रु एक लाख बराबरको क्षति भएको छ ।
बिग्रिएको पेट्रोल पम्पको मेसिन मर्मत गर्ने क्रममा अचानक सल्केको आगो फैलिएर भएको सो आगलागीमा पेट्रोल पम्पको मेसिन पूर्णरुपमा क्षतिग्रस्त छ ।
राजविराज नगरपालिकाबाट गएको वारुणयन्त्र र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
रासस