मन्थली (रामेछाप), १२ कात्तिक
बोक्सीको आरोपमा दुरागाउँ–७ की ६५ बर्षीया सुन्तली सार्कीमाथि गाउँकै चुमबहादुर पौडेलले निर्घात रुपमा लौरोले कुटपिट गरेका छन् ।
चुमबहादुर पौडेलले माटोको मान्छे आकारको मुर्तिमा धान, जौ, चामल, बेसार लगायतका वस्तु पोलेर आफ्नो ढोका अघिल्तिर फालेर राखेको भेटाएका थिए ।
एकाबिहानै यस्ता रङ्गीबिरङ्गी देखेपछि आक्रोशित भएका पौडेले आफ्नै छिमेकी सुन्तली सार्कीेले नै गरेको हो भन्दै लौराले पिटेको पीडित सुन्तली साकीले बताइन् ।
सार्कीले इलाका प्रहरी कार्यालय धोबीमा चुमबहादुरविरुद्ध निवेदन दिएकी थिइन् । भोलिपल्ट प्रहरी आए पनि मुखमात्र देखाएर गए उनको भनाइ छ ।
दलित महिलामाथि बोक्सीको आरोप लगाएर कुटपिट गर्ने चुमबहादुर पौडेललाई गाउँलेले आगामी दिनमा यस्तो गल्ती नदोहो¥याउने सर्तमा रु ११ हजार जरिवाना गरेका छन् ।
रासस