बजेटसँग राजनीति जोडन हुन्न : गच्छदार

Read Time:2 Minute, 3 Second

नेपालगन्ज, १२ कात्तिक ।

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले बजेट प्रस्तुतको विषयलाई राजनीतिक मुद्दासँग जोड्न नहुने बताएका छन् ।

अवधि पत्रकार सङ्घ, केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री गच्छदारले मुलुक आर्थिक सङ्कटमा फस्दै गएको अवस्थामा कामचलाउ सरकारले बजेट ल्याउनुको विकल्प नभएको स्पष्ट पारे ।

‘राजनीतिक अस्थिरताले मुलुकको गति नरोकिने, तर बजेटबिना मुलुक धरासायी हुने’—उनको भनाइ थियो ।

सरकार राजनीतिक दलहरुसँग सहमति गरेर बजेट ल्याउने गृहकार्यमा लागिपरेको उल्लेख गर्दै उपप्रधानमन्त्री गच्छदारले नीति तथा कार्यक्रमसहितको बजेट ल्याउन नसकिए प्रजातान्त्रिक पद्धतिअनुरुप सरकारले संसद्मा बजेट प्रस्तुत गरिछाड्ने दाबी गरे ।

मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री गच्छदारले राजनीतिक दलबीच सहमति भएमात्र नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पदको उम्मेदवारी फिर्ता लिनु उचित हुने तर्क प्रस्तुत गर्दै भने‘सरकार गठनका लागि अब पनि तीन ठूला दलबीच निर्णायक सहमति नभए आफ्नो दलले हस्तक्षेपकारी भूमिका निर्वाह गर्छ ।’

एक अर्को प्रश्नको जवाफमा उहाँले तोकिएको समयभित्र मुुलुकले नयाँ संविधान पाउने दाबी गर्दै संविधान निर्माणसँगै शान्ति प्रक्रियाको टुङ्गो पनि लाग्नुपर्छ भने ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %