काठमाडौँ, १२ कात्तिक
व्यवस्थापिका–संसद् कार्य व्यवस्था परामर्श समितिको आजको बैठकले प्रधानमन्त्रीको १५ औँ निर्वाचन यही कात्तिक १५ गते दिउँसो ३ः०० बजे गर्ने तय गरेको छ । सभामुख सुभाष नेम्वाङको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको हो । –ः १७ ः– यसैगरी, प्रधानमन्त्री निर्वाचनको १६ औँ निर्वाचनको मिति तयका लागि यही कात्तिक १४ गते बिहान ११ः३० बजे परामर्श समितिको बैठक बस्नेछ । प्रधानमन्त्रीका लागि १४ औँ पटकको निर्वाचन आज केहीबेरमा हुँदैछ । प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलमात्र उम्मेदवार कायम हुनुहुन्छ । यसअघिका निर्वाचनमा बहुमत पुग्न नसेकेका कारण लगातार निर्वाचन हुँदै आएको छ । रासस