माओवादी विस्तारित बैठक सर्‍यो

Read Time:1 Minute, 32 Second

काठमाडौं, कार्तिक ११ 

माओवादीको विस्तारित बैठक तेश्रो पटक सारिएको छ । मुस्लिमहरुको पवित्र चाड बकर ईद परेकाले कात्तिक २८ गतेदेखि गर्ने भनिएको बैठक मंसिर ५ गतेदेखि गर्ने गरी सारिएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।

बिहीबार बसेको माओवादी स्थायी समितिको बैठकले गोरखाको पालुङ्टारमा नै विस्तारित बैठक गर्ने गरी नयाँ मिति तय गरेको हो । यसअघि असोज ५ गतेदेखि चितवनमा गर्ने भनिएको विस्तारित बैठक डेङ्गु सर्ने भयले कात्तिक १२ गते सारिएको थियो । यस्तै चाडपर्व तथा अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमणको कारण देखाउँदै कात्तिक १२ गतेदेखि गोरखाको पालुङ्टारमा गर्ने भनिएको बैठक पुनः कात्तिक २८ गतेका लागि सारिएको थियो ।

बैठकमा माओवादी अध्यक्ष दाहालले यहि साता भएको चीन भ्रमणबारे जानकारी गराएका थिए । उनले यसै साता गर्ने चिनियाँ स्थायी समितिको टोलीलाई नेपालसहित भारत र चीनबीच रणनीतिक सम्झौताका लागि पहल गर्न सुझाव दिएको जानकारी गराएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %