प्रचण्डले अमेरिकी राजदुत भेटे

Read Time:1 Minute, 18 Second

    काठमाडौँ, ११ कात्तिक
 एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले आज बिहान प्रचण्ड निवास नयाँ बजारमा भेटवार्ता गरे ।
सो अवसरमा उहाँहरूबीच नेपालको शान्ति प्रक्रिया, वर्तमान राजनीतिक गतिरोध र संविधान लेखनलगायतका विषयमा छलफल भएको थियो ।भेटमा राजदूत डेलिसीले राजनीतिक दलहरु लचिलो भई वर्तमान राजनीतिक अन्योलको निकास र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनुपर्ने सुझाव दिएकाथिए । अध्यक्ष दाहालले वर्तमान राजनीतिक गतिरोधप्रति माओवादी गम्भीर रहेको धारणा राखे ।

    माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराले भेटमा चार महिनाको निर्धारित समयमा दलहरुबीच सहमति कायम गरी माओवादी सेनाको समायोजन कसरी गर्न सकिन्छ भने बारेमा छलफल भएको जानकारी गराए ।

 रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %