११ कार्तिक भैरहवा
रुपन्देहीको मर्चवार क्षेत्रमा नेपाल–भारत सीमाना नजिकै एकजनाको मृत्युको बिषयलाई लिएर प्रहरी चौकी माथी आक्रमणको प्रयास भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गरेको छ । भारतबाट अबैध रुपमा सामान लिएर नेपाल आउदै गरेका भारतको हढवढाघाटका हरिकेश यादवलाइ रोक्ने क्रममा उनी भारततर्फ भागेको र उनको तत्काल त्यहा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तर स्थानिय एक ब्यक्तिका अनुसार, भारतबाट अबैध रुपमा सामान लिएर नेपाल आउदै गरेका यादवलाइ रोक्ने क्रममा प्रहरीले कुटपिट गरेको र उनको मृत्यु भएको जनाए । सोही विषयलाइ लिएर रुपन्देहीको मर्चवार स्थित करौता प्रहरीचौकीमा २०–२५ जनाको समुहले आक्रमण गर्दै आगजनाीको प्रयास गरेपछि प्रहरीले सुरक्षाका लागि करिव दश राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
‘इन्काउन्टरमा मारिएकाको समर्थनमा चौकीमाथि आक्रमण’ : प्रहरी
Read Time:1 Minute, 20 Second