सहमतिवाटै समस्याको समाधान : पौडेल

Read Time:1 Minute, 14 Second

दाङ (तुल्सीपुर) १० कात्तिक 

नेपाली काँग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलले मुलुकका समस्या समाधानका लागि काँग्रेस तत्पर रहेको सहमतिवाटै समस्याको समाधान खोजिने बताएका छन् ।

दाङको घोराहीमा आज पार्टी कार्यकर्तासँगको भेटमा नेता पौडेलले एमाओवादीले बृहत् शान्ति सम्झौता पालना नगरेका कारण संविधान लेखन र शान्ति प्रक्रियाले गति लिन नसकेको हो भने । माओवादी शान्ति प्रक्रियाप्रति जिम्मेवार भए मुलुकले निकास पाउने बताउँदै उहाँले सहमतिको सरकार गठनका लागि काँग्रेसले अघि सारेका प्याकेजमा सहमति हुनुपर्नेमा जोड दिए । नेता पौडेलले प्रधानमन्त्री निर्वाचनमा आफूले नहारेको दाबी गर्दै पहिले प्रधानमन्त्री निर्वाचनमा सहभागी एमाले र माओवादीले फेरि सहमतिको कुरा उठाउनु जायज छैन भने । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %