बालक हत्याका थप तीन अभियुक्त पक्राउ

Read Time:2 Minute, 14 Second

नेपालगन्ज, १० कात्तिक 

एक महिनाअघि यहाँका दुई बालकको अपहरणपछि हत्या गर्ने समूहका थप तीनजनालाई जिल्ला प्रहरी कार्यालय, बाँकेले पक्राउ गरेको छ ।

स्थानीय जयबागेश्वरी विद्यालय कक्षा नौ र १० मा अध्ययनरत लीलाधर भट्ट र कपिल द्विवेदीको अपहरणपछि जनतान्त्रिक तराई मधेश पार्टीका मेराज साईलगायतको समूहले रु १० लाख फिरौती लिई हत्या गरेका थिए ।

अभियुक्त मेराजसहित पाँचजनालाई हत्याको दोस्रो दिन नै प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ भने पक्राउ परेका थप तीनजना विरद्ध पनि मुद्दा दायर गरिने प्रहरी उपरीक्षक महेशविक्रम शाहले बताए ।

पछिल्लोपटक पक्राउ परेका तीन अभियुक्त प्रहरी हवल्दार साकिरअलि बेहना, आफूलाई पत्रकार बताउने कैलाशकुमार गडरिया र वर्षादी खाँ भन्ने नजिर खाँलाई जिल्ला प्रहरी कार्यालयले आज यहाँ पत्रकार सम्मेलनमार्पmत सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक शाहले पक्राउ परेका अभियुक्तको बयान र बरामद गरिएका हतियारलगायतका सामग्रीका आधारमा घटनामा संलग्न देखिने सबैपक्षलाई अनुसन्धानको घेरामा ल्याइएको जानकारी दिए ।

त्यस अवसरमा बाँके जिल्ला प्रहरी कार्यालयअन्तर्गतका प्रहरी कार्यालयमा कार्यरत प्रहरीले आफूले पाउने तलबबाट प्रदान गरेको रकम हत्या गरिएका बालकका दुई परिवारलाई जनही रु एक लाख ११ हजार प्रदान गरिएको थियो ।

पत्रकार सम्मेलनमा उपस्थित हत्या गरिएका बालक कपिल द्विवेदीकी आमा ऋचा द्विवेदीले सो रकम छोराको नाममा कोष खडा गरी जम्मा गरिने बताइन ।

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %