१० कार्तिक बुटवल
राष्टिय जनमुक्ति पार्टीको आगामी महाधिवेशन फागुणमा नवलपरासीमा हुने भएकोछ । नवलपरासीमा हुने चौथो महाधिवेशन सम्पन्न गर्न रुपन्देहीमा आर्थिक उपसमिति गठन गरिएको छ जसमा पार्टी रुपन्देहीको मंगलवार सम्पन्न बैठकले पार्टी रुपन्देही कोषाध्यक्ष रनबहादुर बुढाथोकीको संयोजकत्वमा १५ सदस्यीय आर्थिक उपसमिति गठन गर्ने निर्णय गरेको छ । बैठक पार्टी रुपन्देही अध्यक्ष दलबहादुर विरकट्टाको अध्यक्षतामा बसेको थियो ।
गोविन्द घर्ती