कञ्चनपुरमा पनि डेंगुका विरामी भेटिए

Read Time:1 Minute, 36 Second

महेन्द्रनगर, १० कात्तिक 

कञ्चनपुरमा डेङ्गुबाट सङ्क्रमित चार बिरामी फेला परेका छन् ।

    केही सातायतादेखि कञ्चनपुर जिल्लामा डेङ्गुबाट सङ्क्रमित व्यक्ति भेटिन थालेको जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

    ती बिरामीमध्ये कञ्चनपुरको कालिका गाविस–४ निवासी डिकादेवी पौडेलको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

    डेङ्गु सङ्क्रमित हुने बिरामीमा भीमदत्त नगरपालिका–१८ कटानका दम्पत्ति भवानी चन्द, ममता चन्द र अर्का एक नाम खुल्न बाँकी रहेका व्यक्ति रहेको जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

बिरामीहरुको सेती अञ्चल अस्पताल धनगढीमा रगत परीक्षण गरिएपछि डेङ्गुको सङ्क्रमण भेटिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

बिरामीहरुमध्ये एकलाई उपचारका लागि काठमाडौँ पठाइएको र दुईजना आफूखुसी अन्यत्र गएको थाहा भएको छ ।

सो विषयलाई लिएर जनस्वास्थ्य कार्यालय कञ्चनपुरले आजदेखि नै जिल्लामा सचेतना कार्यक्रम सुरु गरेको छ ।

यसअघि कैलालीमा पनि डेङ्गुको सङ्क्रमण भएका १२ बिरामी फेला परेका थिए । रासस

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %