अर्काको भविस्य बताउने अक्टोपसले आफ्नो मृत्यु देखेनन्, मरे

Read Time:1 Minute, 35 Second

२६ अक्टोवर, वेलायत

वल्डकप २०१० मा कुन टिमले हार्छ, कसले जित्छ भनि सटिक भविस्यबाणी गर्ने अक्टोपसले भने आफ्नो काल ठम्याउन सकेनन्, अर्थात त्यसको पूवानुमान दिन सकेनन् । आज उनको जर्मनीमा मृत्यु भएकोछ ।दुई प्रतिस्पर्धात्मक राष्टको झण्डा राखिएको बाकसलाई संकेत गरि अक्टोपसले जित्ने हार्ने संकेत गरेको आधारमा गरिएका भबिस्यबाणी ठिक भएकाथिए । । यसले सबैलाई चकित पारेको थियो र यसपटकको विश्वकप फुटवललाई थप आकर्षक बनाएकोथियो ।उनले स्पेनलाई विजय हुने गरेको भविस्यबाणी सहि ठहरिएकोथियो ।

उनलाई म्याडिड म्यद्रिद चिडिया घरमा राख्ने प्रस्ताव आएकोथियो । साथै, स्पेनिश टाउनको अनरी सिटिजनसीप नि दिइएकोथियो ।  उनका बारेमा बृत्तचित्र बनिसकेकाछन् भने क्रिसमसको अवसर पारि उनका बारेमा किताब र खेलौनाहरुहरु निस्कने तयारीमा छ ।

अक्टोपस अनिमलिया किगंडमको सेफालोपडा क्लास अन्र्तगत पर्ने मोलस्कुम प्रजातिको हाडबिहिन प्राणीमध्ये अत्यन्त बुद्धिमानी  सामुद्रिक जिव हो । साधारण अक्टोपस २ बर्ष भन्दा बढी बाँच्दैनन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %