प्रधानमन्त्री नेपाल र अध्यक्ष नेम्वाङ को साउती !

Read Time:1 Minute, 18 Second

    काठमाडौँ ९ कात्तिक
 प्रधानमन्त्री माधवकुमार नेपालसँग संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी वर्तमान राजनीतिक गतिरोध र बजेटका बारेमा छलफल गरेकाछन् ।

    अहिले राजनीतिक समस्या नै मुख्य जड भएकाले यसमा दलहरूबीच सहमति गरी बजेट ल्याउनुपर्ने कुरामा आफूले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको भेटपछि अध्यक्ष नेम्वाङले पत्रकारलाई जानकारी गराए । बजेट ल्याउने बारेमा सत्तारुढ दलहरूबीचमै एकमत नदेखिएको अवस्थामा प्रमुख प्रतिपक्षीलाई समेत सहमतिमा ल्याउन राजनीतिक सहमतिबाट सबै समस्या निराकरण गर्न सकिने  नेम्वाड.ले बताए ।

    प्रधानमन्त्री नेपालले राजनीतिक सहमतिका लागि दलहरूबीच संवाद अझ तीव्र पार्ने र देशको आर्थिक सङ्कट आउने बारेमा गम्भीर छलफल गरिने धारणा राखेको उनले बताए । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %