प्रधानमन्त्रीको १३औं नाटक पनि सकियो

Read Time:1 Minute, 13 Second

कहिं नहुने जात्रा हाँडीगाँउमा भनेझै  रामचन्द्र पौडेल एक्लो प्रतिस्पर्धामा  आज १३ औं पटक प्रधानमन्त्री प्रतिस्पर्धामा हारेकाछन् । हारेपछि उनले संचारकर्मीसंग कुरा गर्दे आफुले उमेदवारी फिर्ता नगर्ने पूरानै राग अलापे । उनका प्रतिद्धन्द्धि मानिएका माओवादीका अध्यक्ष उता चीन भ्रमको लुफ्त उठाइरहेकाछन् । तर यता चुनावको नौंटकी गरियो । पौडेलले सहमतिको लागि पहलकदमी भैरहेको बताए । तर उता सांघाईबाट दाहालले अझै सहमति हुने लक्षण नदेखिएको बताएर  यस्तो सभावनालाई खारेज गरिदिएकाछन् ।
दाहालले तिहारपछि सहमति हुनसक्ने बताएकाछन् । माओवादीलाई सरकारमा नपुर्याउदासम्म सहमति नहुने एउटा अन्र्तवार्तामा  बाबुराम भट्राईले बताएकाछन् । यसले पनि तत्काल सहमति तत्काल हुने देखिदैन । त्यसैले प्रधानमन्त्री चयनको यस्तो नाटक अझै लम्बिने पक्का जस्तै छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %