सहमतिवाटै वजेट ल्याइनेछ : नेम्वाङ

Read Time:2 Minute, 50 Second

काठमाडौँ, ८ कात्तिक

सभामुख नेम्बाङले बजेट ल्याउने विषयमा आजै दिउँसो अर्थमन्त्रीलगायत सम्वद्ध पदाधिकारीसँग छलफल गर्ने बताउँदै दलहरुबीचको सहमतिको आधारमा बजेट ल्याउने प्रक्रियाको थालनी गरिने वताएका छन् ।

क्यानडा भ्रमण सकेर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभामुख नेम्बाङले क्यानडामा रहँदा त्यहाँका सभामुख, कानुनमन्त्री र सङ्घीयताका विज्ञसँग सङ्घीयताका विषयमा गहन छलफल भएको जानकारी दिए ।

    उनले  खासगरी सङ्घीय, केन्द्रीय सरकार र राज्यबीचको सम्बन्ध, भाषामा उठेको विवाद निरोपणलगायतका विषयमा व्यापक छलफल गरी जानकारी लिएको बताए ।

    संविधानसभामा प्रतिनिधित्व गर्नेमध्ये कानुन र संविधान विज्ञसहितका सभासद् आफ्नो प्रतिनिधिमण्डलमा रहेएकाले सङ्घीयतामा जाँदा नेपालमा कस्तो कानुनी प्रणाली उपयुक्त हुन्छ भन्नेबारेमा समेत भ्रमणका अवसरमा विशेष अध्ययन भएको उनले जानकारी दिए ।

क्यानडामा रहँदा गैरआवासीय नेपाली (एनआरएन)सँग भेटघाट भएको जानकारी दिँदै सभामुख नेम्बाङले उनीहरूबाट नेपालको अहिलेको राजनीतिक र आर्थिक स्थितिप्रति चिन्ता तथा चासो व्यक्त भएकोे उल्लेख गरे ।

    पत्रकारले सोधेको एक प्रश्नको जवाफमा उनले  प्रधानमन्त्री चयनका लागि निर्वाचन प्रक्रियामा गइसकेको अवस्थामा सभामुखसँग त्यसलाई रोक्ने कुनै विशेष अधिकार नरहेको बताउँदै संविधान, ऐन कानुन र विगतका अनुभवका आधारमा समस्याको समाधान खोज्नु नै उपयुक्त हुन्छ भने

    उनले आमसञ्चार, जनताको चिन्ता र सरोकारलाई ध्यानमा राखेर राजनीतिक दलहरुले संविधान लेखन र शान्ति प्रक्रियालाई धेरै लम्बिन दिने छैनन् भनी प्रतिक्रिया दिए ।

    सभामुख नेम्बाङले बजेट ल्याउने विषयमा आजै दिउँसो अर्थमन्त्रीलगायत सम्वद्ध पदाधिकारीसँग छलफल गर्ने बताउँदै दलहरुबीचको सहमतिको आधारमा बजेट ल्याउने प्रक्रियाको थालनी गरिनेछ भने ।
रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %