रुकुम ७ कातिक
रुकुममा केहि गाविसमा अहिले गाजा खेती गरिएको छ । जिल्लाको स्यालाखदि,सिस्ने,गोतामकोट लगाएतका एक दर्जनवढि गाविसमा गाजाँ खेती गरिएको छ । सो क्षत्रमा खाद्यान बालि उत्पादन नहुने भएकोले किसानहरु गाजा खेति तर्फसमेत आकर्षित बनेका छन । वर्षेनि खाद्यान्न अभावको समस्या भोग्दै आएका यस क्षेत्रका मानिसहरु गाजा खेतिलाई मुख्य आयआर्जनको स्रोतको रुपमा खेती गर्न थालेका छन । लागु औषध अन्तरगत प्रतिवन्धित अत्तर खेती अहिले निकै फस्टाएको छ । अरुभन्दा खेति गर्न सजिलो भएकाले यसको खेति गर्न थालेको स्थानिय कृर्षक रामकुमार बादि बताउछन । उनका अनुसार सबै स्थानिय बासीन्दाहरुहरु गा“जाखेतीवाटै आफ्नो जीविकोपार्जन गरेका छन । गाजाखेतीवाट गाजाँ,अत्तर र चरेसका व्यापारीहरु गाउमै खरिद गर्न आउन थाले पछि व्यापार सजिलो हुने गरेको स्थानियवासीहरुले बताएका छन । उत्त गाजा दाङ , नेपालगन्ज लगाएतका बजारहरुमा लिने गरिको छ । अन्न उत्पानले उनीहरुको परिवार धान्न गाह्रो भएपछि गा“जा तथा अत्तर खेती तर्फ आकर्षित भएको गाजा उत्पादकहरु बताउछन । गाजाको ढाडबाट डोरी समेत निर्माण गर्ने गरेका छन ।
रुकुममा गाजा फस्टायो
Read Time:1 Minute, 44 Second