लमजुङ ७ कार्तिक
जिल्ला विकास समिति लमजुङले चालु आर्थिक वर्षमा मन्त्रालयबाट झण्डै २ करोड बजेट कम पाउने भएको छ ।
जिल्ला विकास समिति लमजुङले आफ्नो प्रतिवेदन मिलाएर लेख्न नजानेका कारण असफलको सूचीमा परेपछि लमजुङ जिल्लाले यतिका रकम गुमाउनु परेको हो ।
स्थानिय निकाय वित्तीय सुशासन आयोगले गरेको अध्ययनमा लमजुङ जिविस अनुत्तीर्ण भएपछि चालु आर्थिक बर्षको लागि १ करोड ९२ लाख १८ हजार रुपैयाँ कटौती हुने भएको हो ।
गतवर्षको मापनमा भने जिल्ला विकास समिति लमजुङले ७४ अंक सहित प्रथम श्रेणीमा उत्तिर्ण भएपछि जिविसले २५ प्रतिशत अनुदान थप प्राप्त गरेको थियो ।
असफल हुने जिविसलाई थप अनुदान समेत नदिने प्रावधान छ । १३ वटा न्युनतम सर्त तथा कार्य सम्पादन मापदण्ड रहेकोमा लमजुङ जिविसले गाउँ विकास समितिलाई मार्गदर्शन सिद्धान्त तथा बजेट सिलिङ नपठाएको भन्दै स्थानीय विकास मन्त्रालयले जिविसलाई असफलको सूचिमा राखेको हो ।
जिविसले ‘मार्ग दर्शन शिदान्त र बजेट सिलिङ’ भन्ने बाक्य लेख्नु पर्नेमा गाविसले ध्यानदिनु पर्ने कुरा लेखेपछि जिविस अनुत्तीर्ण भएको स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेलले वताएकाछन् ।
जिविसले २ करोड गुमायो
Read Time:1 Minute, 50 Second