उपराष्ट्रपति स्वदेश फिर्ता

Read Time:1 Minute, 14 Second

काठमाडाँै, ७ असोज 

उपराष्ट्रपति परमानन्द झा चीनमा आयोजित “११ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला” मा सरिक भई आज स्वदेश फकिएका छन् ।

   चारदिने भ्रमण सकेर उहाँ आज बिहान ९ः४५ बजे स्वदेश फर्कनुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

  उपराष्ट्रपति झाले भ्रमणका क्रममा आफूले चीनका उच्चस्तरीय सरकारी अधिकारीहरूसँग नेपाल–चीनबीच व्यापारिक सम्बन्ध बढाउने तथा नेपालको पूर्वाधार विकास सम्बन्धमा छलफल भएको सञ्चारकर्मीलाई जानकारी गराए  ।

   भ्रमणका क्रममा उनले चीनमा रहेका नेपाली विद्यार्थी, व्यापारीलगायतसँग भेटघाट  गरेका थिए ।

  सो भ्रमणमा मन्त्रिपरिषद् सचिवालयका सचिव विमल वाग्ले, उपराष्ट्रपति कार्यालयका सचिव वज्रकिशोरप्रसाद साह, परराष्ट्र मन्त्रालयका सहसचिव रुद्रकुमार नेपालसहित आठजना अधिकारी सहभागी थिए ।

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %