आज सेनाले जित्यो

Read Time:1 Minute, 45 Second

७ कार्तिक बुटवल
बुटवलमा सञ्चालित १७ औ तिलोत्तमा गोल्डकप नक आउट फुटबल प्रतियोगिताको आजको  खेलमा  नेपाल आर्मी बिजयी भएको छ ।
जिल्ला फुटवल संघ रुपन्देहीको आयोजनामा बुटवल–१३ स्थित फिफा टेक्निकल सेन्टरको मैदानमा सम्पन्न भएको खेलमा रुपन्देही ११ लाई १ का विरुद्ध ४ गोल गर्दै नेपाल आर्मी विजयी भएको हो । खेलको पहिलो हाफ्को ९ र २६ औं मिनेटमा आर्मीका जर्सी नं ८ का खेलाडी टंक बस्नेतले गोल गरेका थिए ।  आर्मीका जर्सी नं ११ का विकर्ण क्षेष्ठले दोश्रो हाफ्को २ मिनेटमा टिमको लागि तेश्रो गोल गर्न सफल भए भने लगतै जर्सी नं १२ का अमृत बस्नेतले खेलको १४ औं मिनेटमा चौठो गोल गर्दै जित हात पारेका थिए । उता घरेलु मैदानमा उत्रेका रुपन्देही ११ ले आक्रमक तरिकाले खेल खेलेता पनि गोल गर्न नसकिरहेको आवस्थामा दोश्रो हाप्mको ३२ औं मिनेटमा जर्सी नं ४ का खेलाडी दिपक थापाको पासलाई सदुपयोग गर्दै जर्सी नं १२ का भिम दलार्मीले टिमको लागि एक मात्र गोल गर्न सफल भएको थियो ।
भोलि सोमवार एन आर टि विरुद्ध शसस्त्र प्रहरीका ए.एपी. एफ विच हुने आयोजक रुपन्देही फुटवल संघले जनाएको छ ।
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %