पश्चिम किल्ला काँगडा, पूर्वमा टिष्टा पुगेथ्यौ
कुन शक्तिको सामुमा, कहिले हामी झुकेथ्यौं
सुन्दर शान्त बिशाल नेपालबारे कविता र इतिहासमा पढ्दै आएका नेपालीले अब त्यसबारे चलचित्रमा समेत जानकारी पाउने भएकाछन् । केहि ब्यक्तिहरुले ग्रेटर नेपाल सम्बन्धमा उहिल्यै देखि संघर्ष गर्दे आइरहेकोमा अब ग्रेटर नेपाल नामक बृत्तचित्रमा पनि त्यहि आन्दोलनलाई सहयोग पुग्ने गरि कथाको तानाबुना बुनिएकोछ । यसका निर्माता टिमका भनाईमा यो बृत्तचित्रमा नेपालको सुगौली सन्धी पूर्व र वर्तमान नेपालको सिमाना बारेमा अनुसन्धान गरि नेपालको वास्तविक सिमाना खुट्याएर छायाँकन गरिएको छ ।
ग्रेटर नेपाल सम्बन्धि जति नेपालमा चर्चा परिचर्चा गरिन्छ त्यतिकै मात्रामा भारतमा पनि त्यस बारे कुरा उठ्ने गरेकोछ । कतिपयले गोर्खाल्याण्ड आन्दोलनलाई समेत ग्रेटर नेपाल आन्दोलनको एक अंग हो भनि प्रचार गरिरहेकाछन् । ( हेर्नाेस भारतमा छापिएको एक पत्रिकाको समाचार ) त्यसको प्रभाव नेपालमा पनि पर्ने गरेकोछ । यसका निर्देशक मनोज पण्डित भन्छन्– ‘त्यसैले यो डकुमेन्ट्री हेर्न हाम्रा नेताहरू डराएका छन् । किनकि अहिले सिंहदरवार र बालुवाटार दरवारमा भारतीयहरूको बोलबाला छ । हाम्रा नेताहरू राष्ट्रिय हितको बारेमा बोल्न सक्दैनन् । उनीहरू भारतको भक्ति र गुणगानको कुरा मात्र गरि उनीहरूलाई रिझाउन चाहन्छन् ।’
लगभग २ घण्टा लामो बृत्तचित्रको अगाडिको भागमा नेपालको विगतको ग्रेटर नेपाल सम्बन्धी कुरा उठाईएको छ भने मध्यान्तर पछाडिको भागमा वर्तमान नेपालको सिमानामा भारतले ५४ ठाउँमा अतिक्रमण गरेको ठाउँको झलक देखाईएको छ । पण्डित थप्छन्, ‘हामी भारतलाई असल मित्र भनेर मान्दछौं तर ऊ कति असल छ भन्ने कुरा यही डकुमेन्ट्री हेरे काफी हुने रहेछ ।’
बृत्तचित्रमा उताका स्थानीयलाई हामी नेपाली हौं, हाम्रो जग्गाको लालपूर्जा नेपाल सरकारको छ भन्दा पनि तिमीहरू नेपाली होइनौ । तिमीहरू बिहार राज्य अन्तगर्तको हौैं भनि मानसिक तनाव दिइन्छ । उनीहरुलाई प्रलोभन दिइन्छ । तिमीहरुलाई बैंकले पैसा दिन्छ । ट्रयाक्टर किन् भनेर एसपी समेत आउँछन्, सताउँछन् । उखु काट्न दिंदैनन् । यो सबै सिमाना वरिपरि बसोबास गर्ने नेपालीहरूको समस्या हो ।
एक प्रश्नोत्तर कार्यक्रममा पण्डित यसो भन्दैथिए, ‘सुस्ताका नेपाली नागरिकहरू काठमाडौंमा आफ्नो माग राख्न आएका थिए । हामी नेपाली नै हौं भन्न आएका थिए । उनीहरुको कुरा नै सुनिएन । उनीहरु फेरि आफ्नो माग राख्न लोकतान्त्रिक सरकार बनेको बेला काठमाडौं आएका छन् । यो लोकतान्त्रिक सरकारले उनीहरू नेपाली हुन् भन्ने सम्बन्धमा के गर्न सक्छ हेर्न बाँकी छ । अहिले नेपाल सरकारले भारत र नेपालको सिमानाको समस्या ९५ प्रतिशत समाधान भयो भन्ने कुरा छापाहरूमा ल्याएको छ । तर त्यो मात्र हामीलाई दिएको धोका हो । ०६२–०६३ को बिशाल आन्दोलनले नेपालमा लोकतन्त्र आएर निरंकुश राजतन्त्र फाल्न सक्छ भने जनताहरुको सचेतनाले भोलि ती नेता भनाउँदाहरु जसले आफ्नो देशको सिमाना सम्बन्धी बोल्न सक्दैनन् । तिनीहरुलाई नफाल्ला भन्न सकिन्न ।’
अब हेर्न बाँकी छ, मनोज पण्डितको टिमले देशभर शुरु गरेको भारत बिरुद्धको यो बहसमा उताबाट कस्तो प्रतिक्रया आँउछ ?
मेजन पुन