लागु औषधको कारोवारमा एक युवक पक्राउ

Read Time:1 Minute, 16 Second

लमजुङ, ६ कार्तिक
लागु औषधको कारोवार गरेको आरोपमा लमजुङ प्रहरीले थप एकजना युवकलाई पक्रेको छ ।
स्याङ्जा जिल्ला घर भई केहीवर्ष यता लमजुङ सदरमुकाम वेसीशहरमा पसल संचालन गरि बस्दै आएका जाहिर हुसेनलाई आज दिउँसो त्रिवेणी टोलस्थित आफ्नै पसलवाट प्रहरीले पक्रेको हो ।
लमजुङ प्रहरीले हिजोमात्रै लागु औषध सेवन गरिरहेको अवस्थामा वेसीशहरवाट चारजना युवालाई रंगेहात पक्राउ गरेको थियो ।
प्रहरीले मदिरा सेवन गरेर विदेशी पर्यटकमाथि दुव्र्यवहार गरेको आरोपमा गएराती पक्रेका चार जना र दिउँसो पक्राउ परेका हुसेनलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । उनीहरुवाट प्रहरीले चारवटा नाईट्रोजन नामक सिल्पिङ ट्याब्लेट र केही चरेस समेत बदामद गरेको छ ।
लागु औषधको कारोवार गरेको आरोपमा लमजुङ प्रहरीले थप एकजना युवकलाई पक्रेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %