लमजुङ, ६ कार्तिक
मदिरा सेवन गरेर विदेशी पर्यटकमाथि दुव्र्यवहार गर्ने चार जना सहित सातजना युवालाई लमजुङ प्रहरीले गएराती पक्रेको छ ।
प्रहरीले चार जनालाई मनाङ्गे चौतरास्थित होटल थ्रोङ्लाबाट र तीन जनालाई बेसीशहरको जनस्वास्थ्य कार्यालय नजिकैबाट पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक आनन्दमणी लामिछानेको नेतृत्वमा गएको टोलीले होटल थ्रोङ्लाबाट पक्रेका बेसीशहर शेराका साम्सुधिन मिया, त्रिवेणीटोलका हरि बस्नेत, झिङ्गे खोलाका निरज अधिकारी र ठाडोलाईनका सुरज रञ्जितलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, रक्सी खाएर होहल्ला गर्दै सामाजिक मर्यादा उल्लंघन गरेको आरोपमा पक्राउ परेका बेसीशहरका राम राना, विजय श्रेष्ठ र विदुर बस्नेतमाथि पनि थप अनुसन्धान भईरहेको डीएसपी कृष्णहरि शर्माले जानकारी दिनुभएको छ ।
लमजुङ प्रहरीले हिजोमात्रै लागु औषध सेवन गरिरहेको अवस्थामा वेसीशहरवाट चारजना युवालाई रंगेहात पक्राउ गरेको थियो ।
पर्यटकलाई दुब्र्यवहार गर्ने सात जना पक्राउ
Read Time:1 Minute, 34 Second