जिप दुर्घटनामा एकको मृत्यु,चारको अवस्था गम्भीर

Read Time:2 Minute, 4 Second

स्याङ्जा, ६ कात्तिक 

स्याङ्जाको पिडीखोला गाविसको डुडे बजारबाट गल्याङतर्फ आउँदै गरेको ग१ज २०८० नंको जिप पिडीखोला गाविस–२ सोता भन्ने ठाउँमा दुर्घटनाग्रस्त हुँदा एकजनाको मृत्यू भएको छ भने १२ जना घाइते भएका छन् ।

दुर्घटनामा परी पिडीखोला–४ झिरुवासकी ७० वर्षीया कुन्तीसरा सिँजालीको ज्यान गएको हो ।

    दुर्घटनामा पिडीखोलामा कार्यरत प्रहरी जवान ओमप्रकाश निशाद, पेलाकोटका वर्ष ४० का टीकाराम भण्डारी, निवुवाखर्क–७ का ३० वर्षीय जिप चालक श्याम न्यौपाने, पेलाकोट–७ का १९ वर्षीय दिनेश सापकोटाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

    दुर्घटनामा परी सामान्य घाइते हुनेहरूमा पेलाकोटकी गोमती दुबे, सोही ठाउँकै श्याम दुबे, जगत्रादेवि–८ का वर्ष २८ का तारा पाण्डे, पिडीखोलाका वर्ष २५ का प्रेममणि गुरुङ, पिडीखोला–२ का ५२ वर्षका धनबहादुर र पेलाकोटका वर्ष ३२ का कला पोख्रेल रहेका छन् ।

    घटनामा गम्भीर घाइते प्रहरी जवानको पोखरामा उपचार भइरहेको छ भने अन्य तीनजनाको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सामान्य घाइतेहरूको गल्याङ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

हिजो साँझ पिडीखोलाको सोता भन्ने ठाउँमा जिप ग्रामीण सडकबाट एकसय मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

 

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %