चार महिना देखि वन्द मनाङको हवाइ सेवा सञ्चालन आउन सकेन

Read Time:2 Minute, 52 Second

 लमजुङ,६ कार्तिक
हिमाली भेगमा आएको मौसम खराबीका कारण झण्डै चार महिनादेखि बन्द मनाङको हवाई सेवा संचालनमा आउन सकेको छैन ।
मनसुन सकिएपछि मौसममा सुधार आएपनि ‘प्राविधिक’ कारण देखाउँदै नेपाल बायु सेवा निगमले मनाङमा उडान नभरेको हो ।
सेप्टेम्बर ३० सम्मका लागि भन्दै नेपाल वायु सेवा निगमले गत जुलाई १ देखि बन्द गराएको हवाई सेवा संचालनमा आउन नसकेपछि पर्यटक तथा दशैँको समयमा मनाङमा रहेका कर्मचारी साथै आवतजावत गर्ने स्थानीयवासिन्दाले सास्ती खेप्नु परेको छ ।
प्रत्येक सोमवार, बुधवार र शुक्रवार मनाङ–पोखरा र पोखरा–मनाङ उडान भर्दै आएपनि विमानस्थलको मर्मतकार्य नसकिएकाले समयमै उडान भर्न नसकेको मनाङस्थित हुम्डे विमानस्थलले जनाएको छ । मनाङमा जनवरी र फेब्रुअरी २ महिना पनि हवाई सेवा बन्द हुने गर्दछ ।
मनाङका हवाई सेवाको उपभोग गर्ने प्रायः कर्मचारी, शिक्षक तथा स्थानीयवासिन्दा हुन् । त्यस्तै, अन्नपूर्ण सर्किटमा पर्यटकका लागि होटल संचालन गर्ने ब्यवसायी हुन् । ‘उपल्लो मनाङ र थोराङ पासका लागि कपितय पर्यटकहरु हवाई यात्रामार्फत घुम्न रुचाउँछन्’ स्थानीय विश्वेश्वर प्रसाद लामाले भने, ‘हवाई सेवा संचालनमा नआउँदा छोटो समय लिएर उपल्लो मनाङ यात्रा गर्ने पर्यटकहरु मर्कामा परेकाछन् । छोटो समयका लागि मनाङ जाने योजना बनाएका पर्यटकहरु पोखरावाट आ–आफ्नो देशमा फर्किएका पर्यटकन ब्यवसायीहरुले वताएकाछन् । मनाङमा हवाई उडान संचालनमा आउन नसकेपछि स्थानीयवासिन्दा गाउँवाट घोडा मगाएर उत्तरी लमजुङको शीरचौर–जगत, च्याम्चेदेखि चढेर आफ्नो गाउँ जाने गरेकाछन् ।
दशैँ मनाउन आफ्नो घर झरेका मनाङका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी पनि हवाई सेवा संचालनमा नआउँदा उत्तरी लमजुङको शीरचौर–जगतवाट २–३ दिन लगाएर हिँड्नुपर्ने बाध्यता छ । सँधै हिँडिरहनेहरु सजिलै उकालो चढेकाछन् भने उकालो कहिल्यै नहिँडेका कार्यालय प्रमुख एवं कर्मचारीहरु निकै मर्कमा परेका स्थानीय कमानङ गुरुङले वताएकाछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %