उम्मेदवारी फिर्ता हुँदैमा समाधान हुँदैन ; उपेन्द्र यादव

Read Time:2 Minute, 30 Second

काठमाडौ, ६ कात्तिक 

मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पदका उम्मेदवार रामचन्द्र पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिँदैमा समस्याको समाधान ननिस्कने  वताएका छन् ।

उनले भने “प्रधानमन्त्री पदका विषयमा जबसम्म माओवादी र नेपाली काँग्रेसबीच सहमति हुँदैन तबसम्म नयाँ प्रधानमन्त्री चयन गर्न सकिँदैन ।”

रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा अध्यक्ष यादवले सत्ता साझेदारी, शान्ति प्रक्रिया एवम् नयाँ संविधान लेखनजस्ता महत्वपूर्ण विषयमा दलहरूबीच उच्चस्तरीय समझदारी हुनु आवश्यक भएकोमा जोड दिए ।

उनले महत्वपूर्ण विषयमा दलहरूबीच सहमति भएमा नयाँ प्रधानमन्त्री चयन एवम् शान्ति प्रक्रियाले गति समेत लिने बताए ।

राजनीतिक समस्या समाधान गर्न गठित उच्चस्तरीय राजनीतिक कार्यदलको कुनै औचित्य नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कार्यदल गठनपछि दलहरूबीचमा सहमतिभन्दा विमति बढ्यो ।”

कार्यदलका सदस्य समेत रहनु भएका अध्यक्ष यादवले कार्यदलभित्रका बैठकमा हालसम्म कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, शासकीय स्वरुप, राज्यको पुनःसंरचना लगायतका कुनै पनि विषयमा सहमति नभएको बताए ।

उनले कार्यदलको बैठकमा दलहरूले आ–आफ्ना कुरा राख्ने बाहेक अन्य कुनै काम गर्न नसकेको बताए  ।

दलहरूबीच अविश्वासको वातावरण अन्त्य नभएसम्म शान्ति प्रक्रिया, नयाँ संविधान लेखन र सत्ता साझेदारीले सार्थकता नपाउने अध्यक्ष यादवले बताए ।

सञ्चारकर्मीको एक जिज्ञासमा उनले भने “तीन दलमात्र राजनीतिक समास्याको समाधान होइनन्, मधेसकेन्द्रित दल लगायत अन्य दलको सहयोग पनि उत्तिकै आवश्यक छ ।”

उनले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलबीच न्यूनतम विषयमा उच्चतम समझदारी बनाउन आवश्यक रहेकोमा जोड दिए ।

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %