लागुपदार्थसहित चार पक्राउ

Read Time:1 Minute, 24 Second

लमजुङ, ५ कात्तिक 

सदरमुकाम बेसीसहरबाट लागुपदार्थ सेवन गर्दै गरेका चारजना युवालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

बेसीसहरस्थित झिङ्गेखोलामा लागुपदार्थको सिरिन्ज प्रयोग गर्दै गरेका बेसीसहर–९ का रमेश केसी, सन्तोष कार्की, समिर गुरुङ र गोरखा नगरपालिका छहरेका राजु शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक आनन्दमणि लामिछानेको कमान्डमा रहेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनीहरुबाट नोक्सिन सेतो नामको लागुपदार्थ ६१ थान, डाइजेपाम ७८ थान, सिप्लर ट्यापलेट आठवटा, सिरिन्ज चार थान र दुईवटा मोबाइल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारैजनालाई आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

 उनीहरुबाट बरामद भएको लागूपदार्थ पनि सार्वजनिक गराइएको थियो ।

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %