अर्घाखाँची ५ कात्तिक
धार्मिक तथा ऐतिहासिक महत्वको अर्घाखाँचीको प्रसिद्ध धार्मिकस्थल अर्घा गाउँ विकास समितिको अर्घा भगवती मन्दिरमा भोलि पूर्णिमा मेला लाग्ने भएको छ । यो वर्ष दुई दिन पूर्णिमा परेकाले मेला भोलिमात्र आयोजना गर्ने निर्णय भएको अर्घा भगवती मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मेलामा सराये नाचलगायत विविध सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ ।
मेलाको अवसर पारेर एकीकृत नेकपा (माओवादी) ले भोलि नै अर्घाको मसुरपाटामा विशाल जनसभा तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । जनसभालाई माओवादीका महासचिव रामबहादुर थापा, स्थायी समिति सदस्य टोपबहादुर रायमाझीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको उक्त पार्टीले जनाएको छ ।
त्यसैगरी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमोर्चा (नेपाल) ले पनि भोलि नै अर्घामा छुट्टाछुट्टै कार्यक्रम गर्ने घोषणा गरेकोछ ।
रासस