पत्रकारले मात्र चल्दैन मिडिया

Read Time:5 Minute, 38 Second

समाज पारम्पारिक छ, अन्यको देशमा जस्तो नेपालका पत्रकारलाई सुविधा छैन । अन्य देशसँग मिडिया र पत्रकारलाई तुलना गर्न सकिन्न । 

युवराज घिमिरे बरिष्ठ पत्रकार

दशैमा पनि पत्रिका पढ्न पाउने पाठकको अधिकार हो तर पाठक कम हुन्छन् , वितरणवाट फाइदा हुदैन । पत्रकारले मात्र चाहेर पत्रिका छाप्न सक्दैन ।   वितरण , छपाइमा काम गर्नेहरु विदामा वस्छन् त्यसले पनि असर पार्दछ । मालिकहरु  पनि दशैमा पर्व मनाउँछन्  । त्यसले गर्दा पनि पत्रिका सञ्चालन गर्ने चारवटै पक्ष मिलाउन सकिन्न  । दशैमा मिडिया वन्द गदैमा मालिकलाई नोक्सान हुदैन नाफा नै हुन्छ । ग्राहकले दशै अंक आएन भनेर पैसा कटाएर शुल्क पनि वुझाउदैन , ग्राहले नै वास्ता गदैनन् ।   दशैको विदामा विज्ञापन पनि उति आउन्न । वितरणवाट नोक्सान हुन्छ भने मालिकले किन छाप्ने त पत्रिका ? त्यसैलेपनि मालिकहरुले मिडिया  लामो समय वन्द गदै आएका हुन् ।
अर्काे पक्ष पनि छ, पत्रकारले चाहेर पनि काम गर्न सक्दैन । समाचार स्रोत निष्क्रिय रहन्छ । त्यसमाथि नेपाली मिडियामा विदाको समयमा काम गरे ओभर टाइम दिने ब्यवस्था छैन ।  पत्रकारका कारण मात्र पत्रिका नछापिने होइन , अरु धेरै कारण यसमा संगसगै जोडिन आँउछन् । पहिला सरकारी स्वामित्वमा रहेका मिडिया सरकारी क्यालेन्डरअनुसार चल्थे । जव ०४६ पछि ब्यवसायिक मिडियाको सुरुवात भयो त्यसपछि चार्डपर्वलाई पनि ब्यावसायिक र विज्ञापनका रुपमा लिने गरियो । पहिला दशै पर्वमा सरकारी क्यालेण्डरवाट सञ्चालित सरकारी मिडिया जस्तैै ब्यवसायिक मिडिया पनि सञ्चालन भैरहेको अवस्था थियो । तर अहिले विस्तारै सुधार आएको छ । ब्यवसायिक मिडियाहरुमा विदा विस्तारै कम गदै लगिएकोछ । दशैमा  एक हप्ता वन्द गर्ने मिडिया अहिले तीन  चार  दिन मात्र वन्द गरिन्छ ।

त्यसैले समाजका सवै पक्षसँग तालमेल गर्न पत्रकारले पनि  दशै विदा लिनुपर्ने अवस्था छ । दशैको विदालाई  केवल पर्वकै रुपमा मनाउनु पर्दछ भन्ने पनि छैन, पत्रकारलाई । वर्षभरी पत्रकारले काम गर्दछ , लामो विदा र अलि पेशागत वोझ विसाउने र नयाँ योजना र पेशागत योजना निर्माण गर्ने समयका रुपमा पनि लिन सकिन्छ यो पर्वलाई । नेपाली समाजमा हिन्दु संस्कृतिको वाहुल्यता छ । हिन्दु संस्कृति अपनाउनेहरु ले अरु संस्कृतिलाई मान्यता दिनुहुन्न भन्नेहरु पनि छन् । हिन्दु संस्कृतिको  विरोधमा दशै नमनाउनु एउटा कुरा हो । तर कुनै न कुनै रुपमा दशैलाई सवै जातजातिले आफ्नै दंगले मनाउदै आएको छ । दशै सवै जाति धर्मको साझा पर्व वनिसकेको अवस्था छ ।  
मिडियाले आफ्नो धर्म निर्वाह गर्नुपर्छ । तर जातिगत पक्षमा धर्म निर्वाह गर्न खोज्नु हुदैन ।  विद्युतीय मिडियामा वितरण , छपाई , प्रिन्टको जस्तो ब्यवस्थापन गर्ने पक्ष जस्ता कुरा नहुने हुदा उनीहरुलाई दशैको विदामा वन्द गरिहाल्नुपर्ने अवस्था रहन्न । त्यसैले पनि उनीहरुले पर्वमा आफ्नो कामलाई निरन्तरता दिईरहनु पर्दछ ।  भारतको वंगालमा पर्वमा ४ दिनसम्म मिडिया वन्द हुन्छ  । कुनै पनि देशको  सामाजिक जिवनले अरु क्षेत्रलाई झै मिडियालाई पनि प्रभाव पारेकै हुन्छ । भारतमा  जव अङग्रेजको शासनका वेलावाटै मिडियाको विकास भएको थियो उनीहरुले पनि आफ्नो पर्व मनाउने, विदा दिने प्रचलन सुरु गरे । क्रिसमसमा एक दिन विदा हुन्छ । तर दशैका दिन भने मिडिया चलिरहन्छ । तर भारतमा ८० प्रतिशत जनता हिन्दु धर्मसंस्कृति अपनाउँछन ।

पत्रकार मात्र मीडियाको पाटो होइन । पत्रकारले चाहे अनुसार मिडिया हाउस चलाउन सकिदैन । वितरण , छपाइ , ब्यवस्थापन र समाचार  चारै पक्षलाई हेर्नु पर्दछ । समाजको वनावट र  वस्तुस्थिति पनि वुझनु पर्दछ  । समावेशीको नारा  विद्यालयदेखि नै सुरु गर्नुपर्दछ । मिडियावाटै सुरु गर्दछु भन्न गाह्रो छ । त्यसैले आफ्नै ढंगले मिडिया चलाउँछु भन्ने हुदैन ।

गोविन्द लुइटेलसंग गरेको वार्तामा आधारित

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %