नेताले दिए समाजसेवाको नाममा १ करोड दान

Read Time:1 Minute, 31 Second

    पोखरा ५ कात्तिक
 राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् सभासद् सूर्यबहादुर केसीले आफू र आफ्नी श्रीमती प्रेमकुमारी केसीको नाममा रु एक करोड दुई लाखका दुई–दुई छुट्टै ट्रष्टको घोषणा गरेकाछन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा सभासद् केसीले मानव स्वास्थ्य रक्षाका लागि सूर्य–प्रेम स्वास्थ्य सहयोग ट्रष्टको अक्षय कोषलाई रु ५१ लाख प्रदान गरेकोे जानकारी दिए ।

     त्यस्तै गरिबी निवारण कार्यमा सघाउने उद्देश्य अनुरुप सूर्य–प्रेम विपन्न उत्थान ट्रष्टमा रु ५१ लाख राखी अक्षयकोष स्थापना  गरिएको छ । यी दुवै ट्रष्टको अक्षयकोषमा आफ्नो व्यापार व्यवसायको आम्दानीको केही हिस्सा बर्सेनि थप्दै जाने र त्यसबाट प्राप्त ब्याज स्वास्थ्यसेवाबाट बिमुख, गरिबी र विपन्न वर्गको स्वास्थ्य एवम् गरिब जनताको उत्थानमा खर्च गर्ने बताइएकोछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %