काठमाडौँ, ५ कात्तिक
जनस्वास्थ्यमा गम्भीर असर पु¥याइराखेको धुमपानको उत्पादन तथा बिक्री–वितरणमा पूर्ण प्रतिवन्ध नै लगाइनुपर्ने सुझाव राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले दिएको छ ।
काठमाडाँै, ललितपुर र भक्तपुरमा गरिएको सर्वेक्षणका निष्कर्षहरुको आधारमा केन्द्रले प्रतिवन्धका लागि व्यवस्थापिका संसद्मा विचाराधीन रहेको ऐनलाई तुरुन्त पारित गर्न पनि आग्रह गरेको छ ।
केन्द्रले आज सो सर्वेक्षणका निष्कर्षहरु सार्वजनिक गर्दै धुमपानबाट प्राप्त हुने राजस्व स्वास्थ्य क्षेत्रमै खर्च गर्न पनि सुझाव दिएको छ ।
केन्द्रले ती तीन जिल्लाका सार्वजनिक स्थानमा आवतजावत गर्ने करिब एक हजार ५०० व्यक्तिको मत सङ्कलन गरेको थियो ।
सर्वेक्षणबाट सार्वजनिक स्थलमा धुमपान गर्न नपाइने भनिए तापनि धुपमान गरेकोे पाइएको र धुमपानका कारण जनस्वास्थ्यमा पर्ने असरका बारेमा अझै जनतामा चेतना नआएसकेको निष्कर्ष निकालिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रवीण मिश्रले धुपमानले जनस्वास्थ्यका क्षेत्रमा गम्भीर असर पु¥याइराखेकाले यसको उत्पादन तथा बिक्री–वितरणमा नै रोक लगाउनुपर्ने र यसका लागि व्यवस्थापिका संसद्मा मन्त्रालयका तर्फबाट विधेयक तयार गरी प्रस्तुत गरिएको बताए ।
केन्द्रका जनस्वास्थ्य अधिकृतद्वय अशोक पौडेल र कुञ्जप्रसाद जोशीले धुमपानका कारण नसर्ने रोगमा वृद्धि भइरहेको जानकारी दिए . रासस