पानीट्याङ्की (मोरङ) ५ कात्तिक
जिल्लाको टङ्कीसिनवारी गाउँ विकास समितिका छजनाभन्दाबढी दलित युवक दूध सङ्कलन तथा बिक्रीमा जुटेका छन् । गाउँगाउँका दुग्ध सङ्कलन केन्द्रमा पुगेर उनीहरूले दूध ल्याएर विराटनगर बजारमा बेच्ने गरेको श्याम ऋषिदेव बताउँछन् ।
दूध सङ्कलनलाई जीविकोपार्जनको पेसा बनाएका ऋषिदेवजस्ता राजदेव पासवान, गुरुचरण ऋषिदेव समाज परिवर्तनका निम्ति लागेको बताउँछन् ।
निकट भविष्यमा नै दुग्ध व्यवसाय सञ्चालन गर्ने योजनामा रहेका उनीहरूले परिचितहरूमा दलितले छोएको खान हुन्न भन्ने भावना नरहेको बताए ।
रासस
दलित युवाहरु दुध संकलन गर्छन, बेच्छन्
Read Time:56 Second