हुम्ला, ५ कात्तिक
हुम्लाको दुर्गम श्रीनगर गाविसका ६४ वर्षीय विर्ख महतरा र ६१ वर्षीया जुसेकलाको बिहीबार मृत्यु भएको छ ।
उनीहरुले दसैंमा खसी काटेर मासु खाएको र त्यस लगत्तै बिरामी परेको बताइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय हुम्लाबाट डाक्टर बैकुण्ठ अधिकारीसमेत चारजनाको एक टोली हिजै आवश्यक औषधि सहित उक्त क्षेत्रमा खटिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अमरदेवले जानकारी दिए ।
लेकबाट गाईवस्तु बेंसीमा झारेपछि यहाँ रुघाखोकी फैलिएको प्राप्त समाचारमा जनाइएको छ । रासस