लहान ५ कात्तिक
परम्परागतरुपले प्रत्येक वर्ष तिथिअनुसार आश्विन शुक्लपूर्णिमाको दिन मनाइने कोजाग्रत पर्व मिथिलाञ्चलमा आज मनाइँदैछ ।
मिथिला परम्पराअनुसार आज बिहान घरआँगन लिपपोत गरी साँझपख दलानदेखि भगवतीको पूजाकोठासम्म विशेष प्रकारको अरिपन लेख्ने गरिन्छ ।
कोजाग्रत पर्वमा पान, मखान, केरा, मिश्री तथा नरिवल भगवतीलाई चढाउने परम्परा छ । यो पर्वमा भर्खर विवाह भएको युवकको ससुरालीबाट लत्ताकपडा, मखान, मह, पान, सुपारीलगायत चुमाओनको सामान अनिवार्यरूपमा पठाउने गरिन्छ ।
भगवान् श्रीराम र सीताको विवाहदेखि चलिआएको यो परम्परा आश्विन शुक्लपूर्णिमाका दिन देवीको पूजापश्चात् मिथिलावासीले राठी अनिवार्यरूपमा पान, मखान खाने तथा कौडा खेल्ने गर्छन् ।
रासस