बाँके (नेपालगन्ज), ४ कात्तिक । भारतको बिहारलगायत उत्तरप्रदेशमा हुन लागेको विधानसभाको निर्वाचनलाई दृष्टिगत गरी सीमासुरक्षामा कडाइ गरिएको छ ।
उत्तरप्रदेश राज्यसँग जोडिएका सिमानाका नेपालगन्ज रूपइडिहामा दुवै देशका स्थानीय सुरक्षा निकायले सुरक्षा जाँचलाई कडा पारेका हुन् ।
दुवै मुलुकका सुरक्षा निकायले नेपालको नेपालगन्ज, जमुनहा नाका र भारतको रूपइडिहामा भारतीय सीमा सुरक्षा बल (एसएसबी), नेपालको सशस्त्र सीमा सुरक्षा बललगायत सुरक्षा अधिकारीको सक्रियतामा कडारूपमा जाँच भइरहेको बाँकेको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए ।
सीमा क्षेत्रमा चल्ने सवारीसाधनसँगै आवागमन गर्नेको सवारीसाधन झोला, लत्ताकपडा खानतलासी गर्ने तथा अवैधरूपमा सामान ओसारपसार हुन नदिन दुवैतिरका सुरक्षाकर्मीले गस्ती गरिरहने प्रजिअ दाहालले जानकारी दिए । रासस