रौतहट, ४ कात्तिक
रौतहटको मत्सरी गाविस–३ मा ससुराली आएका भारतका पूर्वी चम्पारण जिल्ला महमदी गाउँका ४० वर्षीय मनोज झाको रहस्यमय ढङ्गबाट मृत्यु भएको छ ।
पाँच दिन पहिले ससुराली आएका मनोज झा आज बिहान करिब ११ बजेको समयमा अचेत अवस्थामा रौतहटको पथरा भन्ने स्थानमा फेला परेको र उपचारका लागि जिल्ला अस्पताल गौर लैजाँदा गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मृतक भारतीय नागरिक रौतहटका दिगम्बर चौधरीको ज्वाइँ रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस