वुटवलको सुरक्षाका लागि साइरन

बुटवल, ३ कात्तिक 

चोरी नियन्त्रणका लागि बुटवलका विभिन्न क्षेत्रमा साइरनको व्यवस्था गरिने भएको छ ।

बुटवलका दुई वित्तीय संस्थामा साइरन जडान गरी यसको परीक्षण सुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

चोरी, डकैतीका घटनाहरू रोक्न र चोरहरूलाई पक्राउ गर्न साइरन प्रणालीले काम गर्ने विश्वास गरिएको छ ।

  करोडौंको कारोवार हुने तथा नगद जिन्सी रहने बैँक तथा वित्तीय संस्थाहरूमा यसको प्रयोग प्रभावकारी रहने बताइएको छ ।

साइरन जडान भएपछि सुरक्षाकर्मी तत्काल घटनास्थलमा पुग्ने र उनीहरूलाई पक्राउ गर्न सजिलो हुनेछ ।

 

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %