मुर्ती बिसर्जनमा गएको टयाक्टर दुर्घटनामा, एक जनाको मृत्यु १६ घाइते

Read Time:1 Minute, 42 Second

नेपालगन्ज, ३ कात्तिक

   दशैमा स्थापना गरिएको दुर्गा भवानीको मुर्ती बिसर्जन गरेर फर्कनेक्रममा भएको ट्याक्टर दुर्घटनामा परि बाँकेमा एकको मृत्यु हुनुको

साथै १६ जना घाइते भएका छन । घाइते मध्य ६ को अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

  बाँकेको उदयपुर–५ बाट कम्दी स्थित राप्ति नदिको सिधनीयाघाटमा मुर्ती बिसर्जन गरेर फर्कनेक्रममा सोमबार राती भे १ त ३०३६

नम्बरको ट्याक्टरको ट्रली फुत्किएर नालामा खस्दा घाईते भएका मध्ये सञ्जय पासीको नेपालगन्ज शिक्षण अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो ।
   सो घटनामा परेर घाइते १६ जना मध्ये ६ जनाको भेरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ । ५ जनाको शिक्षण अस्पताल र १

जनाको वेष्टर्न अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।

 घटस्थापनाका दिन स्थापना गरिएका दुर्गा भवानीका मुर्तीहरु बाँकेमा एकादशीको दिन स्थानीय नदि  तथा खोला र अन्य जलासयमा बिसर्जन गर्ने गरिन्छ ।
राप्ति नदि, डुडुवा र मानखोलामा एक्कादशीका दिन दुर्गा मुर्ति बिसर्जन गर्नेको घुईँचो लाग्ने गर्दछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %