भारतको चुनावका कारण दुई दिन नाका बन्द

बाँके  ३ कात्तिक 

भारतमा भोलि हुने विधानसभाको चुनावलाई मध्यनजर गर्दै भोलि राति १२ बजेदेखि दुई दिनका लागि भारतले नेपाल– भारत सीमा नाकाको जमुनाहा नाका बन्द गर्ने भएको छ ।

भारतीय प्रहरी एसएसबीका अनुसार निर्वाचनको समय अप्रिय घटना हुन नदिन चुनाव हुनुभन्दा २४ घण्टा अगाडिदेखि नाका बन्द गर्न लागिएको हो ।

बिहार राज्यको विधानसभाका लागि भोलि पहिलो चरणको निर्वाचन हुँदैछ । विधानसभाको निर्वाचन छ चरणमा गरिने भएको छ ।

भोलि पहिलो चरणको चुनावमा ४७ पदका लागि मतदान हुँदैछ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %