इटहरी, ३ कात्तिक
भारतको विहार राज्यमा भोलि हुने विधानसभाको निर्वाचनलाई दृष्टिगत गरी सीमासुरक्षामा कडाइ गरिएको छ ।विहार राज्यसँग जोडिएका तराईका सीमानाकाहरूमा दुवै देशका स्थानीय सुरक्षा निकायले सुरक्षा जाँचलाई कडा पारेको हो ।दुवै मुलुकका सुरक्षा निकायले नेपालका मोरङ, सुनसरी, सप्तरी र सिराहाका सीमानाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी), नेपालको सशस्त्र सीमा सुरक्षा बल (एपीएफ) लगायत सुरक्षा अधिकारीको सक्रियतामा सूक्ष्मरूपमा जाँच भइरहेको सुनसरीको प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले बताए ।
सीमा क्षेत्रमा चल्ने सवारीसाधनसँगै आवागमन गर्नेको शरीर खानतलासी गर्ने तथा अवैधरूपमा सामान ओसारपसार हुन नदिन दुवैतिरका सुरक्षाकर्मीले हरपल गस्ती गरिरहने उनले जानकारी दिए ।गत असोज ८ गते दुवै देशका स्थानीय प्रशासनबीच भएको बैठकको सहमतिअनुसार भोलि बिहानदेखि सीमा क्षेत्र सिल गरिने र आवागमनमा समेत रोक लगाइनेछ । सीमा क्षेत्रमा कुनै पनि आपराधिक विहार राज्य सरकारले आग्रह गरेअनुसार सुनसरीका पश्चिमी क्षेत्रका सिमानामा सशस्त्र र नेपाल प्रहरीलाई व्यापकरूपमा परिचालन गरेको छ ।
यसैगरी, नेपाली भूभाग भएर विहारको निर्वाचनमा खटिने कर्मचारी, पर्यवेक्षक र मतपेटिकाको सुरक्षाका लागि पनि नेपाली सुरक्षा अङ्गका अधिकारीले कोसी ब्यारेज क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउन आग्रह भएबमोजिम ती क्षेत्रमा अतिरिक्त सुरक्षा फौजलाई तैनाथ गरिएको छ ।
रासस