धनगढी, ३ कात्तिक । एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा.बावुराम भट्टराईले कामचलाउ सरकारले बजेट ल्याए त्यसमा माओवादीको समर्थन नहुने बताएका छन् ।
गेटा विमानस्थलमा आज पत्रकाहरूसंँगको कुराकानीमा नेता भट्टराईले कामचलाउ सरकारले बजेट ल्याउने चलन कतैपनि नरहेको उल्लेख गर्दै नयाँ सरकारले मात्र बजेट ल्याउनु पर्ने स्पष्ट पारे ।
उनले संविधान निर्माण र शान्ति वहालीका लागि माओवादी नेतृत्वमा सरकार गठन गर्नुको विकल्प नरहेको पनि बताए ।
शान्ति प्रक्रियाको आधा हिस्सा माओवादी भएकाले अब बन्ने सरकार माओवादीकै नेतृत्वमा गठन हुनु पर्छ उपाध्यक्ष भट्टराईले भने ।
उनले पुरातन सोच बोकेका नेकपा एमाले र नेपाली काँग्रेसकै कारण देशको अवस्था बिग्रिएको आरोप लगाए । रासस